ghar sansar

दोधारा चाँदनीका मेयर लिम्बु र स्वतन्त्र समूहका संयोजक कुमालबीच फेसबुकमा वाक युद्ध

सार्वजनिक रुपमा माफी नमागे कानुनी उपचार खोज्ने कुमालको चेतावनी

khasi

महेन्द्रनगर । दोधारा चाँदनीको स्वतन्त्र समूहका संयोजक भीम कुमालले मेयर किशोर कुमार लिम्बुले सामाजिक सञ्जालमा आफूमागि लगाएका लाञ्छनाको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

मेयर लिम्बुले बुधबार विहान आफ्नो सामाजिक सञ्जालमा कुमालमाथि विभिन्न आरोप लगाउँदै स्टेटश लेखेका थिए । मेयर लिम्बुको स्टेटशपछि कुमालले मेयर लिम्बुले आफ्नो व्यक्तिगत, पारिवारिक, जातीय र सामाजिक प्रतिष्ठानमा आँच पुग्ने गरी लाञ्छना लगाएको भन्दै माफी माग्न सुझाव दिएका छन् ।

dirghayi clinic

आफूमाथि सामाजिक सञ्जालमा प्रमाण विना लगाएको लाञ्छनामा माफी नमागे उनी विरुद्ध कानुनी उपचार खोज्ने कुमालले चेतावनी दिएका छन् ।

‘राजनीतिक विषयमा जतिबेला पनि बहसका लागि तयार छु । एउटा मेयर जस्तो मर्यादित पदमा बसेको व्यक्तिले मेरो व्यक्तिगत, पारिवारिक, जातीय तथा सामाजिक प्रतिष्ठामा आँच आउने किसिमका झुठा स्टेटस, कमेन्टहरु अमर्यादित भाषाशैलीमा पोस्ट गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको छ। मलाई लगाएको ब्लेमको प्रमाण पेश गर्न चुनौती दिन्छु। बिना प्रमाणप झुटो स्टेटस सम्प्रेषण गरेको प्रति सार्वजनिक रुपमा माफी माग्न सुझाव दिन्छु। अन्यथा कानुनी उपचारमा जाने जानकारी गराउँदछु ।’

कुमाल २०७९ को स्थानीय तह निर्वाचनमा मेयर लिम्बुको चुनावी प्रतिस्पर्धी हुन् । उनी मेयर लिम्बुको कार्यशैलीलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा आलोचना गर्दैै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...