
महेन्द्रनगर । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
नाथको घर नजिकै रहेको डोब्रा भिरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खस्न गई घटनास्थलमै मृत्यु भएको हो ।
