

महेन्द्रनगर । भीमदत्त नगरपालिका २ उल्टाखमकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको स्मृति दिप प्रज्वलन गरिएको छ । नागरिक संघर्ष समितिले मदनचोकमा दिप प्रजज्वल गरेको छ ।

समितिका संयोजक मिन भण्डारीले निर्मलाका हत्यारालाई सार्वजनिक गरी कारवाही गर्नु पर्ने बताइन् । संघर्ष समितिले शुक्रबार प्रशासन मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने जनाईएको छ ।


