ghar sansar

दोधारा चाँदनीका बडवाल र कृष्णपुरका लुहार मृत भेटिए

khasi

महेन्द्रनगर । कञ्चनपुरमा दुई जना मृत फेला परेका छन् । दोधारा चाँदनी नगरपालिका–४ बडुवाल टोलका अम्मर बडुवालको छोरा १५ वर्षीय अर्जुन बडुवाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।

dirghayi clinic

इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले शवलाई पोष्ट–मार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाईएको र घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।

ratnam

यस्तै कृष्णपुर नगरपालिका–६ गजरौलाका ६७ वर्षीय कृष्ण लुहार मृत फेला परेका छन् । लुहारको शवलाई सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिको प्रहरीले जनाएको छ। दुुबै शव बिहीवार फेला परेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...