ghar sansar

२२ लाख भारु सहित समातिए बैतडीका धामी

khasi

महेन्द्रनगर । भारतीय सुरक्षाकर्मीले स्रोत नखुलेको भारतीय रूपैयाँ सहित नेपाली युवकलाई नियन्त्रणमा लिएको छ ।

dirghayi clinic

दार्चुला सदरमुकामस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा जाँच गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बैतडीको डिलाशैनी गाउँपालिका–३ का प्रकाश धामीलाई स्रोत नखुलेको २२ लाख भारु सहित पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बिहीबार बिहान पुलमा खटिएको ११ औं बटालियन एसएसबी डीडीएहाट प्रहरीले युवकलाई नियन्त्रणमा लिँदै रकम बरामद गरेको हो। यस सम्बन्धमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...