ghar sansar

होटल व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा रेग्मी चयन

khasi

महेन्द्रनगर । होटल व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा रामचन्द्र रेग्मी सर्वसम्मत चयन भएका छन् । संघको २७औँ वार्षिक साधारण सभा तथा १६औँ जिल्ला अधिवेशनले रेग्मीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा केशव सिंह जोरा, प्रशासन उपाध्यक्षमा आत्माराम खनाल र पर्यटन उपाध्यक्षमा कैलाश कार्कीपनि सर्वसम्मत चयन भएका छन् ।

dirghayi clinic

महासचिवमा नवराज जोशी, सचिवमा डम्बर बहादुर खड्का, कोषाध्यक्षमा शिव भण्डारी र सहकोषाध्यक्षमा नैनसिंह बोहरा चयन भएका छन् ।

सदस्यहरूमा मुक्तिमाया श्रेष्ठ, कृष्ण राना, धन बहादुर रावत, गौरव भट्ट, सञ्जय कुमार भट्ट, रमेश बहादुर रावल र तपेन्द्र कुमार रोकायालाई सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत शिवराज पाण्डेयले जानकारी दिए ।

निवर्तमान अध्यक्ष दोस्रो वरियता क्रममा हुने व्यवस्था अनुसार निवर्तमान अध्यक्ष जगदीशचन्द्र भट्ट पनि कार्यसमितिमा रहनेछन् ।

Himal dental
सम्बन्धित
Loading...