

महेन्द्रनगर । शुक्लाफाँटा–५ गर्जमुनिका ४० वर्षीय खडक साउँदको साइकलबाट लडेर मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट पश्चिम तर्फ गइरहेका साउँद साइकलबाट लडेर नालिमा खसेका थिए । नालीमा रहेको सरीया टाउकोमा लागेर घाइते भएका थिए ।

टाउकोमा सरीया पसेर घाइते भएका बोहरालाई उपचारको लागि निसर्ग अस्पताल धनगढी हुदै नेशनल मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि भारत लगेकोमा आज (सोमवार) उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
