ghar sansar

रेडक्रसको सहकार्य परियोजनाको दुई दिने समीक्षात्मक कार्यक्रम सुरु, विपद् न्यूनिकरणका लागि सहकार्यमा जोड

khasi

महेन्द्रनगर । महेन्द्रनगरमा दुई दिने विपद् जोखिम व्यवस्थापनमा सबलताको लागि सहकार्य परियोजना सिकाई समीक्षात्मक कार्यक्रम सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी कञ्चनपुरको आयोजनामा सोमबार समीक्षात्मक कार्यक्रम सुरु भएको छ । विपद् न्यूनिकरणमा सबैले सहकार्यमा जोड दिनुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय अध्यक्ष सुर्दशनप्रसाद नेपालले मुलुकमा विपद् दैविक प्रकोपजन्य घटनाहरु बढ्दै गएको र त्यसको न्यूनिकरणमा सबै निकायले सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए ।

रेडक्रसले लामो समयदेखि विपद् दैविक प्रकोपमा एम्बुलेन्स सेवा, रक्तसञ्चार सेवा दिँदै आएको उनले बताए ।  ‘विपद्जन्य घटनाहरु बढ्दै आएका छन्, विपद्लाई नियन्त्रण, न्युनिकरण गर्न सबै पालिका, सरोकारवालाले समिक्षा र सहकार्य गर्न आवश्यक छ,’ उनले भने ।

विपद्जन्य घटना न्यूनियकरणका लागिसरकारले आधुनिक प्रविधिको विकासमा विशेष जोड दिनुपर्ने उनको भनाई छ ।
यस्तै, कार्यक्रममा बोल्दै विशिष्ट अतिथी डेनिस रेडक्रसका कलस्टर कन्ट्रीम्यानेजर डेबिड फोग्डेनले नेपालमा रेडक्रसको अवस्था र त्यसको सुधारका विषयमा धारणा राखे । ‘रेडक्रसको रुपान्त्रण, क्षमता विकास र नेपाल रेडक्रसमा देखिएका कमजोरीलाई सुधार गरि सेवाहरुलाई दुर्गम स्थानसम्म पु¥याउनु पर्छ,’ उनले भने ।

नविनतम प्रविधिको विकास गरि रेडक्रका सेवा सुविधाहरु सुधारोउन्मुखतर्फ लग्नमा डेनिस रेडक्रस कलस्टर सदैब अग्रसर रहने उनले बताए । विपद्जन्य घटना न्युनिकरण पालिकाबाट मात्रै सम्भव नभएको पुर्नवास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले बताए ।

‘यस वर्ष मात्रै बाढीका कारण तीन बालिकाको मृत्यु भयो, पछिल्लो समयमा जनप्रतिनिधिमाथि थुप्रै आँच आउने गरेका छन्,’ उनले भने, ‘राम्रो काम गर्दागर्दै पनि जनप्रतिनिधीमाथि विनाकारण आक्रोस पोख्ने गरेका छन् ।’ रेडक्रसले विपद् न्युनिकरणका लागि गरेका क्रियाकलाप सहरानीय रहेको बताउँदै आगामी दिनमा बजेट बिनियोजन गरेर सहकार्य गरिने उनको भनाई छ ।

dirghayi clinic

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले विपद्का समयमा समाज र पालिका मजबुद बन्नुपर्नेमा जोड दिए । दैविक प्रकोपमा दक्ष जनशक्ति, प्रविधीको उच्चतम प्रयोग गरिनुपर्ने बताए । त्यसका लागी सबै निकायसँग सहकार्यको खाँचो रहेको उनले बताए ।

कार्यक्रमका सभापति तथा कञ्चनपुर जिल्ला शाखा रेडक्रसका प्रमुख टेकराज उप्रेतीले कञ्चनपुरमा यस वर्ष विपद्ले ठूलो क्षती पु¥याएको बताए । ‘यस्तो विकराल परिस्थितीमा स्थानिय सरकार, रेडक्रस, सुरक्षाकर्मी सबैले हातोमाले गरेर उद्धारका कार्य गरियो, अहिले रेडक्रस सबै ठाउँमा पुगेको छ,’ उनले भने, ‘यस पटक ठुलो बाढी आयो, यस्तो परिस्थितीबाट जोगिन आगामी दिनमा सबै संघसंस्थाले हातेमालो गर्नुपर्छ।’

युरोपियन युनियनको आर्थिक सहयोग तथा डेनिस रेडक्रस, नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयले सञ्चालन गरेको विपद् जोखीम व्यवस्थापन सबलता लागी सहकार्य (स्ट्रोङ्ग डिआरएन) परियोजनाले २ दिने समिक्षात्मक गोष्ठीको आयोजना गरेको थियो। सन् २०१७ बाट सुरु भएको उक्त परियोजना हाल कैलाली, कञ्चनपुर र बर्दियाका १२ वटा पालिकामा लागु छ ।

बर्दिया जिल्लाको गेरुवा, गुलरीया, ठाकुरबाबा, बारबर्दिया, कैलालीको टिकापुर, जानकी, कैलारी, भजनी र कञ्चनपुरको पुर्नवास, शुक्लाफाँटा , कृष्णपुर र लालझाँडी गाउँपालिकामा उक्त परियोजना लागु भएको छ ।

सोमबार भएको गोष्ठिमा कार्यक्रम लागू भएका पालिकाको अवस्था र आगामी दिनमा विपद् न्यूनिकरणका लागी खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भएको स्ट्रोङ्ग परियोजना कञ्चनपुरका कार्यक्रम अधिकृत विनायक पौडेलले जानकारी दिए । उनले पालिकाहरुमा विपद् न्युनिकरण सम्बन्धी भइरहेका गतिविधी र भावी योजनाका विषयमा समेत जानकारी दिएका थिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिल बहादुर बुढा, सोसाइटिका केन्द्रिय सदस्य कृष्ण प्रसाद गौतम, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, पुर्नवासका मेयर तोयप्रसाद शर्मा, कृष्णपुरका उपमेयर द्रोपदी राना, जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी, भजनीका मेयर केवल चौधरी सहभागी थिए।

यस्तै, गुलरिया र बर्दीया नगरपालिकाका उपमेयर सावित्रा गौतम, बारबर्दीयाका उपप्रमुख रत्ना कुमारी पाण्डे, गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, टीकापुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिर्घ ठकुल्ला, वडा नम्बर ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने, नेपाल रेडक्रस सोसाईटी कैलालीका उप–सभापती जगदिश्वर पण्डित, बर्दिया जिल्ला शाखाका सभापती कृष्ण प्रसाद गौतम लगायत १२ वटै पालिकाका विपद् व्यवस्थापन समितीका सम्पर्क व्यक्तिहरु, मेरिकोप्सका प्रतिनिधी, फिनिस रेडक्रसका प्रतिनिधीहरुले सहभागीता थिए।

डेनिस रेडक्रसका कार्यक्रम संयोजक निरु प्रधानले कार्यक्रमको उदेश्यबारे जानकारी दिएकी थिइन् भने सहजिकरण रेडक्रस सोसाईटीका उपनिर्देशक रुद्रनारायण अधिकारीले गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...