ghar sansar

शुक्लाफाँटामा गाईलाई गोठमा घाँस हाल्न जाँदा बाघको आक्रमण

महेन्द्रनगर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीया मानमती साउँद मंगलबार साँभ बाघको आक्रमणबाट घाइते भएकी हुन् । घर नजिकै रहेको गाई गोठमा गाईलाई घाँस हाल्ने क्रममा उनलाई बाघले आक्रमण गरेको हो ।

इलाका प्रहरी कार्यालय झलारीवाट प्रहरी सहायक निरीक्षक मोहनसिंह ठगुन्नाको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले घाइते साउँदलाई उपचारका लागि टी एण्ड सी अस्पताल झलारीमा पठाएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...