ghar sansar

दोधारा चाँदनीमा बाघको आक्रमणबाट महिलाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाही टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया महिला हिरा शाहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घर नजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो ।

mantra hos123

घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Himal dental
सम्बन्धित
Loading...