ghar sansar

कृष्णपुरको २ नम्बर वडाले दियो उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई छात्रबृत्ति

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका २ नम्बर वडाका १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । कृष्णपुर नगरपालिकाको २ नम्बर वडा कार्यालयले उच्च शिक्षा अध्ययनका लागि आर्थिक रुपमा विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।

dirghayi clinic

कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन सिह साउदले उच्च शिक्षा अध्ययन गरिरहेका विपन्न समुदायका १० छात्रा विद्यार्थीलाई छात्रबृति वितरण गरिएको बताए ।

ratnam

वडाध्यक्ष साउदले २ नम्बर वडामा घर भई नगरकै दुई क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई नगद सामाजिक सुरक्षा कर काटेर ८ हजार ३३३ रुपैयाका दरले वितरण गरिएको जानकारी दिए ।

बुधवार एक कार्यक्रमका विच उदय सरस्वती क्याम्पसका धर्मेन्द्र रोकाया, सुनिता चौधरी, उर्मिला जोशी, चन्द्रा भट्ट, पशुपती चौधरी र कञ्चन बहुमुखी पशुपती महरा, पार्वती ठगुन्ना, डम्बरा साउद, सुस्मिता कुमारी थापा र भागरथी भट्ट छात्रा विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...