
महेन्द्रनगर । कृष्णपुर नगरपालीका वडा नं ४ स्थित शिबशान्ति टोलमा राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला कार्य समिति कञ्चनपुरको आयोजनामा स्मृति दिवस मनाईयो । मञ्चका जिल्ला अध्यक्ष कर्ण बहादुर बानियाको अध्यक्षता र कृष्णपुर नगरपालिका ४ का वडा अध्यक्ष धर्म बहादुर सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
किसान नेता भीमदत्त पन्त र बलदेव रामको जिवनी पढेर, सुनेर सम्झेर, तस्बीरमा फुलटिका लगाई माल्यापर्ण गरि श्रद्धाञ्जली दिईयो ।
कृष्णपुर नगरपालीका, गुलरिया र सब डिभिजन बन कार्यालय बाणी कार्यालयले विभिन्न प्रजातीका बोटबिरुवा उपलब्ध गराई उहाको सम्झनामा फलफुल, मोरिङ्गा, गोल्ड मोर, कोईराल, डाले घाँस, लिप्टीस लगायतका बोटविरुवा शिबशान्ति टोलको नमुना नर्सरी र नवदुर्गा भगवती मन्दिर बृक्षरोपण गरी स्मृति दिवश मनाईएको छ । साथै कैलाली, डडेल्धुरा, बैतडी जिल्लामा पनि भूमि अधिकारमञ्चको आयोजनामा विभिन्न कार्यक्रम गरी स्मृति दिवश मनाईएको छ ।
किसान नेताको बारेमा मञ्चका प्रदेश मञ्चका सचिव राम बहादुर चुनारा भन्छन्, “ उनीहरुले भूमि तथा कृषि, गरिब,बिपन्न र किसानका अधिकार प्राप्तीका लागी आन्दोलनमा खेलेका महत्वपूर्ण योगदानलाई उजागर गर्न,े सम्झिन र सम्मान गर्न, उहाप्रतिको आस्थाकायम राख्न र उनले किसानको पक्षमा गरेको कामलाई बहसमा ल्याउन, समाजमा हाल बिद्यमान समस्या हल गर्न, गराउन, प्रकृतीको संरक्षण र त्यसको उपयोग गरी सबैलाई गरिखान सक्न बनाउन उद्देश्यले स्मिृती दिवस मनाउदै आएका छौ । भूमि कृषिको समस्या समाधानका लागी स्थानिय, प्रदेश र संघिय सरकारलाई ध्यानार्कषण गराई दबाव सिर्जना गरी संविधान अन्र्तगत रहेका व्यवस्था तथा नेपाल सरकारका नीति ऐन, कानुन कार्यान्वयन गर्न÷गराउनका लागी दिवस मनाउँदै आएका छौ ।”
कार्यक्रमका प्रमुख अतिथि सिंहले भने, “भीमदत्त पन्त र बलदेब रामलाई हाम्रा अग्रजको रुपमा लिएर उहालाई आज हामी सम्झेका छौ । उहाको बारेमा सुन्न र जान्न पाउँदा हामीलाई गर्व हुन्छ । किसान र गरिब बिपन्नको बारेमा गरेको संघर्षलाई सफल बनाउन हामी जनप्रतिनिधीको तर्फबाट दिर्घकालीन काम गर्न खटिएका छौ । कृष्णपुरमा बसोबास गर्ने सबैलाई जग्गााको मालीक बनाउने हिसाबले जग्गा नापजाचको काम अगाडि बढाएका छौ । यसमा सबैले आ–आफ्ना निकायबाट खटिन र जिम्मेवार हुन जरुरी छ । भन्नेमा जोड दिए” मञ्चले महत्वपुर्ण दिन स्मृती दिवसमा बोलाएको हार्दिक धन्यवाद दिँदै दुवैप्ति श्रद्धाञ्जली अर्पण गर्दछु । युगौ युग सम्झी रहेने छौ ।
भूमिअधिकार मञ्च कञ्चनपुरका अध्यक्ष बानिया भन्छन्, “किसान नेताको सच्चा सम्मान गरेको तब मानिने छ, जब उनले उठाएको मुद्दा सम्बोधन हुनेछ । भूमिहीन, सुकुम्बासी, बाढी पीडित, हलिया, मुक्त कमैया आरक्ष पीडित, ऐलानीबासी, र किसानले जग्गा र जग्गाको अधिकार पाउनेछन । पिछिडिएका जाती, समुदायले न्याय पाउने छन् । गरीबलाई खाना, बास, सुरक्षा, शिक्षा, उपचार र रोजगारीको ग्यारेण्टी गर्नु भीमदत्त पन्त र बलदेब रामलाई सम्मान गर्नु हो । ” यसका लागी तिनै तहका सरकारले जिम्मेवार भएर काम गर्न जरुरी छ ।
