

महेन्द्रनगर । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको १२ औ स्थापना दिवस मनाएको छ । सो अवसरमा महाकाली शारदापीठ भम्केनीधाम गुरूकुलका विद्यार्थीलाई पोषाक तथा मिष्ठान्न फलफूल गरिएको छ ।
सहकारीका अध्यक्ष बहादुर चन्दको अध्यक्षतामा कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य भवानी चन्द प्रमुख अतिथि थिए । कार्यक्रममा भम्केनी धाम बिकास समितिका, अध्यक्ष, मूर्ति निर्माण समितिका अध्यक्ष जनकराज जोशी, गुरूकुलका अध्यक्ष मोहनचन्द्र जोशी, सहकारीका पूर्व अध्यक्ष पुष्पराज ओझा, जगदीश प्रसाद जोशी, ध्रुवराज पण्डित लगायतका सहभागी भएक छन् ।


संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत भम्केनी धाम गुरूकुलका १५ जना विद्यार्थीलाई पोसाक वितरण गरिएको सहकारीका सचिव हर्क बहादुर चन्दले बताए । कार्यक्रममा उनले रूको स्वागत मन्तव्य राखख्दै संस्थाबारे जानकारी गराए ।
संस्थाले १२वर्षको उपलब्धिका रूपमा संस्थाका झण्डै ६ सय शिक्षक कर्मचारी सदस्य रहेका, ६करोडको हाराहारीमा संस्थाका सदस्यहरूको सेयर तथा बचत पुँजी रहेको तथा महेन्द्रनगरमा सहकारीको आफ्नै जमिनमा भवन निर्माण गरि कार्यालय सञ्चालनमा रहेको छ ।


