महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका २ की २६ बर्षिया हिरा कुमारी शाहको ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणलाई लिइएको छ । बिहीबारदेखि खटिएको प्राविधिक टोलीले बाघलाई बेहोस(डार्ट) गरी नियन्त्रणमा लिएको हो ।
बिहान साढे ९ बजे बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघलाई डार्ट गरि नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
बुधवार बस्ती पसेको बाघले हिजो बिहान हिराको घाँस काट्ने क्रममा ज्यान लिएपछि नियन्त्रणमा लिने प्रयास भएको थियो ।
बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लगिँदै छ । त्यसपछि कहाँ लग्ने भन्ने बारे छलफल गरेर टुङ्गो लगाउने जनाईएको छ ।