बैतडीको भगवती मावि सित्तडका पूर्व प्रधानाध्यापक जोशीले गरे छात्रबृत्ति अक्षय कोषमा एक लाख ५१ हजार सहयोग

Amity

महेन्द्रनगर । बैतडीको सित्तडस्थित भगतवती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक भानदेव जोशीले विद्यालयको छात्रबृत्ति अक्षय कोषमा एक लाख ५१ हजार सहयोग गरेका छन् ।

विद्यालयमा चार दशक बढी शिक्षण गरेका ८१ वर्षिय जोशीले विपन्न एक÷एक जना विद्यार्थीलाई छात्रबृत्तिका लागि अक्षय कोषमा सहयोग गरेका छन् । सित्तड समाजको सहकार्यमा विद्यालयमा छात्रबृत्ति अक्षय कोष स्थापना गरिएको हो ।

janjyoti campus

अक्षय कोषको ब्याजबाट आउने रकमबाट बर्सेनी दुई जनालाई छात्रबृत्ति प्रदान गरिनेछ । विद्यालयले पूर्व प्रधानाध्यापक जोशीको जीवन पर्यन्त भानदेव जोशी सम्मान छात्रवृत्ति र जीवन पश्चात् शिक्षक भानदेव जोशी स्मृति छात्रवृतिका नामले छात्रबृत्ति प्रदान गर्ने भएको छ ।

पूर्व प्रधानाध्यापक जोशीको सहयोगपछि अक्षय कोषमा १० लाख बढी रकम पुगेको छ । पूर्व प्रधानाध्यापक जोशी हाल भीमदत्त नगरपालिका १९ बागफाँटामा बस्दै आएका छन् । जोशीका तीन छोरा छन् ।

जेठा छोरा हेमराज जोशीले बुवाले छात्रबृत्ति अक्षय कोषमा सहयोग गरेकोमा आफूलाई निकै गर्व लागेको बताए । ‘हजुरको छोरा भएर जन्मिन पाएकोमा मलाई गर्व छ । हजुरले देखाएको बाटोमा हिँड्ने प्रयत्न सदैब रहनेछ’ उनले भने ।

ghar sansar
सम्बन्धित
Loading...