महेन्दनगर । कञ्चनपुरबाट लागूऔषध र नगद सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेलधुराको भागेश्वर गाउँपालिका–४ घर भइ हाल भीमदत्त नगरपालिका–४ भासी कोठा गरि बस्ने १८ वर्षीय किशोर र बैतडीको सुर्नया गाउँपालिका–४ का १८ बर्षिय किशोर रहेका छन् ।
दुबै जनालाइ शनिबार शुन्य दशमलव ७८ ग्राम लागूऔषध र नगद २३ हजार ६ सय सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरू बस्ने कोठाबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।