

महेन्द्रनगर । कञ्चनपुरमा लागू औषध सहित तीन जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१ भाँसीको प्रगती टोलबाट सोही ठाउँ बस्ने ४४ वर्षीय सुवास बिष्ट र बेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय हर्केस धानुक आईतवार पक्राउ परेका हुन् ।

दुबै जनालाई ३९० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका–१ बाराकुण्डाबाट सोही ठाउँ बस्ने २२ वर्षीय हरिश भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भण्डारीको घरमा खानतलासी गर्दा १४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) फेला पारि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
