ghar sansar

पुराना शिक्षक चाहियो, नयाँ चाँहिदैन भन्दै कृष्ण माविका विद्यार्थी आन्दोलित, शुक्लाफाँटा नगरपालिकामा नाराबाजी गर्दै प्रदर्शन

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाको कृष्ण माध्यामिक विद्यालयका विद्यार्थीले शिक्षक दरबन्दी मिलान बिरुद्ध आन्दोलनमा उत्रिएका छन् । चालु शैक्षिक सत्र ०८१ मा शुक्लाफाँटा नगरपालिकाले शिक्षक दरबन्दी मिलानसंगै स्थायी शिक्षकलाई प्रद्यानाध्यापक बनाउने योजना अनुरुप शिक्षकको सरुवा गरेको थियो ।

शिक्षक सरुवा बिरुद्धमा कृष्ण माध्यामिक विद्यालयले ११ साउन ०८१ मा उच्च अदालत दिपायल महेन्द्रनगरमा रिट दिएको थियो ।

ratnam
dirghayi clinic

उक्त रिट निवेदनमा अदालतले निवेदनकर्ताको माग बमोजिम आदेश दिएन । अदालतले शिक्षक सरुवा ऐन अनुसार काम काज गर्नु आदेश दिएको थियो । नगरपालिकाले सरुवा गरेका ९ शिक्षकको समाना तथा विदाई गरेकै दिन कृष्ण माविका विद्यार्थी पालिका बिरुद्ध आन्दोलित भएका थिए । विद्यार्थीहरुले विषयगत शिक्षक खै भन्दै आन्दोलन गरेका थिए ।

विद्यार्थी पालिका पुगेर बिरोध प्रंर्दशन नाराबाजी गरेका थिए । विद्यार्थीले पुराना शिक्षक चाहियो, नयाँ चाहिदैन भनेर नाराबाजी गर्दै केही समय पालिका आँगनमा पुगेर प्रर्दशन गरेका छन । कृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर सिहले आफ्नो विद्यालयबाट ९ स्थायी शिक्षकका सरुवा गरेर विद्यालय धरासायी बनाउने काम गरेको बताए ।

‘मेरै विद्यालयबाट ९ स्थायी शिक्षक चलाईदियो, ५ मात्रै स्थायी शिक्षक पठाउने र बाँकी ४ नगर शिक्षक दिने भनेको छ, ‘उनले भने, ‘त्यही भए हाम्रा विद्यार्थी आन्दोलित भएका हुन ।’

अध्यक्ष सिहका अनुसार कृष्ण माविका तत्तकालिन प्रअ एव समाजिक विकायका शिक्षक लक्ष्मी थापा ऐर, मावि विज्ञान विषयका शिक्षक हरिदत्त बाग, मावि गणित विषयका खेमराज अवस्थी, मावि नेपालीका गोबिन्द धानुक र मावि अग्रजीका भारत तिरुवा र निमावि नेपालीका शिक्षक गोबिन्द धानुक, अग्रेजी नैनसिह महर, गणित विज्ञान राजेन्द्र पाण्डेय, समाजिक गंगादत्त जोशी, र नेपालीकी शिक्षिका बासमती रानालाई सरुवा गरेपछि ५ मात्रै नयाँ शिक्षक आउने र ४ नगर शिक्षक भर्नाका लागि आउने भएपछि विद्यार्थीले पढाउने शिक्षक माग अघि सारेर आन्दोलन गरेको बताए ।

Himal dental
सम्बन्धित
Loading...