


महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ स्थित ब्रह्मदेब बजारमा फेरि गहुताणी खोलाको बाढी पसेको छ ।
स्थानीय केशब चन्दका अनुसार विहानदेखि खोलाको बाढी गाउँ हुँदै बजार पसेको छ । बजार क्षेत्रका अधिकाँश घर र पसलभित्र पसेको छ । केही दिन अघि पनि गहुँताणी खोलाका बाढी बजारमा पसेको थियो ।
