

महेन्द्रनगर । स्वीट नेपाल कञ्चनपुरको आयोजना तथा युएनडीपी एटुजे परियोजनाको सहयोगमा सञ्चालित “हेलो मुख्यमन्त्री र नमस्ते मेयर कार्यक्रमको सृदृढीकरण.परियोजना” को शुक्रबार जिल्ला स्तरिय परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

यो कार्यक्रम भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकामा सञ्चालनमा आएको हो । स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुका प्रमुख दुर्गा दत्त बोहरा प्रमुख अतिथि थिए । कार्यक्रममा बेदकोट नगरपालिका नगर प्रमुख भोज बहादुर बोहरा र भीमदत्त नगरपालिकाका कार्य बाहक नगर प्रमुख निलम लेखक बिशिष्ट अतिथि थिए ।
कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि,सुरक्षा निकाय,नागरिक समाज,कानुन व्यवसायी, कानुन अध्ययनरत विद्यार्थी, पत्रकार लगायत सहभागी भए ।
स्वीट नेपालका मिना आउजीले सञ्चालन गरेको कार्यक्रममा संस्थाका व्यवस्थापक अमित सुनारले परियोजानबारे जानकारी दिए ।
