

महेन्द्रनगर । ‘संविधान प्रदत्त अधिकार, आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ भन्ने नारा सहित ३० औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।
विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको यो दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।


कञ्चनपुरको ९ वटै पालिकामा रहेको आदिवासी जनजातहिरुले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरको आयोजनामा दिवस मनाइर्एको छ ।
संविधान सभा सदस्य कृपाराम रानाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, मधुदेबी भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, उप प्रमुम रामकुमारी राना, भीमदत्त नगरपालिकाका कार्य वाहक मेयर निलम लेखक जोशी, कृष्णपुर नगरपालिकाका उप मेयर द्रोपती राना, महासंघका सल्लाहकार क्याप्टेन पदम बहादुर थापा, नेपाली काँग्रेसका जिल्ला उप सभापति मीन बहादुर सिह, सचिव भीमराज भट्ट, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी लगायतका सहभागी भए ।


महासंघका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा आदिवासी जनजातीहरुले आफनो मौलिक पन आफनो कला संस्कृतीहरु झल्किने विभिन्न नृत्यहरु पनि प्रस्तुत गरेको थिए ।
विश्वभरमा रहेका आदिवासी जनजातीहरुले आजको दिन हर्षल्लासको साथमा मनाईईरहेको आदिवासी जनजाति महासंघ समन्वय परिषद कंचनपुरका जिल्ला अध्यक्ष श्रेष्ठले जानकारी दिए ।



