

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ जागृति टोलका शेर बहादुर ऐर र उनकी धर्मपत्नि चन्द्रादेबी ऐर नौलाखेतस्थित गौरीशंकर आधारभूत विद्यालयमा छात्रबृत्ति अक्षय कोष स्थापना गरेका छन् ।

ऐर दम्पत्तिले गरीब, जेहेन्दार, पिछडिएका समुदायका विद्यार्थीका लागि एक लाख ७५ हजार रुपैँयाको अक्षय कोष स्थापना गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक जगदीश प्रसाद जोशीले ऐर दम्पत्तिको अक्षय कोष स्थापना गरी प्रेरणादायी कार्य भएको बताए ।
