कञ्चनपुरमा ह्वात्तै बढ्यो काठ तस्करी, वन फडानी गरी तस्करी हुने गरेको खुलासा

Amity

महेन्द्रनगर । कञ्चनपुरमा वन फडानी गरेर काठ तस्करी हुने गरेको पाइएको छ । जिल्लाभित्रका सामुदायिक तथा राष्ट्रिय वन फडानी गरेर काठ तस्करी हुँदै आएको छ। जिल्लाको उत्तरी क्षेत्र चुरेमा पछिल्लो समय काठ चोरी निकासी बढ्न थालेको छ। चुरे क्षेत्रमा विभिन्न नाकाबाट काठ चोरी निकासी हुने गरेको स्थानीयको गुनासो छ ।

चोरी निकासीकै कारण कञ्चनपुरमा जंगल मासिने क्रम बढ्दै गएको छ । भीमदत्त, वेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका चुरे क्षेत्रसँग जोडिएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०÷८१ मा काठ तस्करीमा संलग्न आठ जनालाई पक्राउ गरिएको छ ।

janjyoti campus

उनीहरूको साथबाट सातवटा सवारीसाधन, २० लाख ८ हजार ६१७ रुपैयाँबराबरको पाँच सय ८४ क्युफिट काठ बरामद गरिएको प्रहरीले बताएको छ। कञ्चनपुर प्रहरीले आर्थिक वर्ष २०७९÷८० मा पनि ४९ गोलिया र चार चौपट काठ बरामद गरेको थियो ।

साल र सिसमका एक सय १८ दशमलव ६६ क्युफिट अबैध काठ बरामद गरिएको थियो । कञ्चनपुर प्रहरीले आर्थिक वर्ष २०८०÷८१ मा गैरकानुनी रूपमा नदीजन्य पदार्थको दोहन गर्ने ५२ जनालाई समेत नियन्त्रणमा लिएको छ । सो अवधिमा पाँचवटा टिपर, ४६ ट्याक्टर गरेर उनीहरूबाट १३ लाख ८७ हजार पाँच सय राजस्व संकलन गरेको छ ।

ghar sansar
सम्बन्धित
Loading...