ghar sansar

शुक्लाफाँटामा बाख्राको खोरभित्र भेटियो अजिंगर

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा शनिबार दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ । स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर फेला परेको हो ।

dirghayi clinic

आठ किलो तौल भएको अजिंगरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए । ’अजिंगर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौँ,’ उनले भने, ’शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा अजिंगर फेला परेको जानकारी दियौँ, त्यसपछि आइपुगेको निकुन्जको टोलीलाई समातेको अजिङ्गर सहितको बोरा दियौँ ।’

ratnam

निकुन्जका कर्मचारीले उद्धार गरिएको अजिंगरलाई निकुन्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन् । अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए । उनका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिङ्गरको उद्धार गरी निकुन्जका कर्मचारीलाई बुझाइएको थियो ।

Himal dental
सम्बन्धित
Loading...