ghar sansar

कैलालीमा चट्याङ लागेर १० जना घाइते

khasi

महेन्द्रनगर । कैलालीमा चट्याङ लागेर १० जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका १ उत्तरमुडामा चट्याङ लागेर १० जना घाइते भएका हुन् ।

dirghayi clinic

प्रहरीका अनुसार आइतबार (आज) बेलुकी उत्तरमुडाका भीमबहादुर चौधरीको घरमा १३ दिने पुण्य तिथिमा स्थानीयहरु घर अगाडि अमट्टाको रूखमुनि टेन्ट हाली खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ् पर्दा घाइते भएका हुन् ।

घाइते हुनेमा उत्तरमुडाकी ५० वर्षीया फिरिया देवी चौधरी, ३५ वर्षीया रिता देवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी, ३२ वर्षीया किरन चौधरी, ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फूलकुमारी चौधरी, ३५ वर्षीया निर्मला देवी थारु र घोडाघोडी नगरपालिका(३ ढुसर बस्ने ३० वर्षीया ममता थारु रहेका प्रहरीले बताएको छ ।

उनीहरुको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...