महेन्द्रनगर । स्वीट नेपाल कञ्चनपुरको आयोजना तथा युएनडीपी एटुजे परियोजनाको सहयोगमा सञ्चालित “हेलो मुख्यमन्त्री र नमस्ते मेयर कार्यक्रमको सृदृढीकरण.परियोजना” अन्र्तगत बेदकोट नगरपालिका ४ र ५ मा नागरिकहरुलाई हेलो मुख्यमन्त्रीको डिजिटल एपका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छ ।
बेदकोट नगरपालिका ४ को बछेला सामुदायिक बन उपभोक्ता समितिको हलमा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा सदस्य सुनादेबी बिश्वकर्मा प्रमुख र बछेला सामुदायिक वनका अध्यक्ष बिष्णु दमाई विशिष्ट अतिथि थिए ।
५० भन्दा बढी महिला तथा पुरुषको सहभागी कार्यक्रममा संस्थाका कार्यक्रम व्यवस्थापक अमित सुनारले डिजिटल प्रविधिबाट मुख्य मन्त्रीसंग कसरी जोड्न भन्ने बिषयमा मोबाईलको एपका बारेमा प्रशिक्षण दिए । कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत मिना आउजीले गरेकी थिईन. ।
कार्यक्रममा जवाफदेहिता र सुशासनको बारेमा समेत सहजीकरण गरिएको छ । त्यसै गरी बेदकोट नगरपालिका ४ मा बालज्याति माध्यमिक विद्यालयमा भएको कार्यक्रममा वडामा रहेका ८० भन्दा बढी महिला पुरुषको सहभागिता भएका छन् ।
सहभागीहरुलाई एपका बारेमा जानकारी दिनका साथै जवाफदेहिता र सुसासनको बारेमा सहजीकरण समेत गरिएको छ । कार्यक्रममा वडामा रहेका सरोकारवाला निकायको समेत सहभागिता थियो ।
स्वीट नेपाल कञ्चनपुरले सो परियोजना अन्र्तगत वडा नं. ४ र ५ को बिपन्न बस्तीमा यो कार्यक्रम गरिरहेको स्वीट नेपाल कञ्चनपुरका बेदकोट नगरपालिका ४ का सहजकर्ता पुजा पन्तले जानकारी दिइन् ।