ghar sansar

घुस माग्ने दार्चुलाको शैल्य शिखरका दुई कृषि प्राविधिक विरुद्ध मुद्दा दायर

khasi

महेन्द्रनगर । दार्चुलाको शैल्य शिखरमा कार्यरत दुई कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

dirghayi clinic

आयोगले उक्त नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ratnam

कृषि समूहको बिल भुक्तानी गर्दा कसिमन बापत सेवाग्राहीसँग ४ लाख १२ हजार बराबरको घुस र २ लाख ५० हजार बराबरको दुई वटा चेक (पाँच लाख) सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । आयोगले आज ९ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...