

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० गड्डाचौकीकी सोरा चन्द(डल्लु) ले समाज कल्याण अञ्चल बाल अनाथालयमा रक्षा बन्धन मनाएकी छन् । ८ वर्षिया उनले अनाथालका सबै बालबालिकालाई रक्षा धागो( राखी) बाँधेकी छन् । त्यसपछि सबैलाई खाना खुवाएकी छन् ।

सोराका बुवा डा. हिरा चन्द अनाथालयका उपाध्यक्ष छन् । कार्यक्रममा उनका बुवा डा. चन्द, आमा सोना चन्द सहित अनाथालयका सदस्य, कर्मचारी सहभागी भएका छन् ।

डायमण्ड पब्लिक एकेडेमीमा कक्षा ५ मा अध्ययनरत सोराले तीन वर्षदेखि अनाथालयमा रक्षा बन्धन र भाई टिका मनाउँदै आएकी छन् ।



