

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले ‘सार्वजनिक सेवाको पारदर्शिता तथा गुणस्तरियता’ भन्ने नारा सहित शुक्लाफाँटा मिडिया प्रालिसंगको सहकार्यमा सार्वजनिक सुनुवाई गरेको छ । कार्यक्रममा शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले गत आर्थिक बर्ष ०८०÷०८१ मा सम्पन्न भएका दर्जनौँ योजनाको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
आन्तरिक आय तर्फ लक्ष्य भन्दा बढि संकलन भएको छ । २करोड, ३५ लाख, ७४ हजार लक्ष्यमा ३ करोड, ६६ लाख, २६ हजार ७०२रुपैया संकलन भएको छ । १३२.७८ प्रतिशत आन्तरिक आय भएको छ ।
पूर्वाधार, समाजिक, आर्थिक, वन, वातावरण, शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार, न्याय, भूमि व्यवस्थापन, सामुदायिक विद्यालय सुधारका थुप्रै कार्यक्रम अघि बढेका छन । गर्भवर्ती महिलालाई निःशुल्क एम्बुलेन्सदेखि थुप्रै कार्यक्रम सञ्चालन भएका छन । एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको ७० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको छ ।

नागरिकका जिज्ञासा मेटाउँदै शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले तुलनात्मक रुपमा नगरका पूर्वाधार विकास सहितका थुप्रै कार्यक्रम अघि बढेको बताए । उनले करमा कुनै छेडाखानी गर्न नसकिने भएकाले ईमान्दारितापुर्वक कर तिर्न आब्हान गरेका छन् ।
मेयर महराले नगरकै पर्यटकीय नगरी मणीकाधाममा पर्यटन पूर्वाधारका कार्यक्रम अघि बढेको बताए । उनले नगर प्रहरी भर्ना कार्यक्रम समेत समावेशी भएको बताए ।
मेयर महराले नगरमा पूर्वाधार सहित थुप्रै क्षेत्रमा बृद्धि विकास भईरहेको बताउँदै नागरिक स्तरबाट समेत साथ सर्मथन आवश्यक रहेको औल्याए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै शुक्लाफाँटा नगरपालिका र्९का वडाध्यक्ष रमेश ऐरले नगरमा भईरहेका कामकाज थप प्रभावकारी बनाईने दाबी गरेका छन् ।
शुक्लाफाँटा मिडिया प्रालिका तर्फबाट परामर्सदाता विष्णूदत्त अवस्थीले नगरबाट प्रदान गरिने सेवा सुविधाको विषयमा नागरबासीसंग गरिएको छलफल कार्यपत्र प्रस्तुत गर्दै नगरबाट विकास निर्माणदेखि सन्तोजनक कामकाज भएको भावि दिनमा थप कार्यक्रम संचालनमा नागरिकले अपेक्षा राखेका छन ।
शुक्लाफाँटा मिडिया प्रालिका तर्फबाट परामर्सदाता अशोक पाण्डेयले संविधान व्यवस्था अनुरुप पालिकाले शुक्लाफाँटा नगरका गरेका कामकाजको सार्वजनिक सुनुवाई गरेको बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधी, स्थानीय, कर्मचारी सहित सरोकारवालाको सहभागिता रहेको थियो ।
