ghar sansar

यस्ता श्रीमान, जसले घाँटी रेटेर गरे श्रीमतीको हत्या

khasi

महेन्द्रनगर । डोटीमा एक पुरषले हँसियाले घाँटी रेटेर आफ्नो श्रीमतीको हत्या गरेका छन् । पूर्विचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी ४५ वर्षीया नरु साउदको हत्या गरेका हुन् ।

dirghayi clinic

बुधवार दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले बताए । 

श्रीमान् श्रीमतीबिचमा भएको विवादले यस्तो घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टराईले बताए ।

घटनामा संलग्न साउदलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ । लासलाई पोष्ठमार्टमको लागि जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...