महेन्द्रनगर । कृष्णपुर नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन, कम्प्युटर, प्रिन्टर लगायत प्रबिधिमैत्री सामाग्री वितरण गरिएको छ ।
बिहीबार शिक्षा शाखाले एक कार्यक्रमको आयोजना गरी कृष्णपुर नगरपालिका भित्रका ३२ विद्यालयका बालबालिकाको निम्ति स्मार्ट टेलिभिजन वितरण गरेको हो ।
बितरण गरेको प्रबिधिमैत्री सामाग्री कम्प्युटर १७ थान, प्रिन्टर कलर ३ ओटा, प्रिन्टर ब्याक र ह्वाईट १७ ओटा, युपिए १७ ओटा, प्रोजेक्टर ३ थान र स्मार्ट टिभी ३६ थान बितरण गरेको जानकारी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए ।
विद्यालयहरुमा प्रविधिमैत्री शिक्षण सिकाई लाई जोड दिदै बालबालिकालाई श्रब्य दृष्य सामाग्रीहरु मार्फत पठन पाठन गराउने उद्धेश्यले नगरपालिकाले स्मार्ट टिभि तथा आइसिटी सामाग्रीहरू वितरण गरेको बताए ।
सामुदायिक विद्यालयका विद्यार्थीलाई सूचना प्रविधिमैत्री ढङ्गले पठनपाठनका लागि पहिलो प्राथमिकतामा राखेर नगरभित्रका ३२ वटा सामुदायिक विद्यालयलाई ३६ ओटा स्मार्ट टिभी जडानका लागि हस्तान्तरण गरिएको नगरप्रमुख हेमराज ओझाले बताए ।
त्यसै गरी नगरपालिकाका आइटी शाखा प्रमुख मदन राज पाण्डेयले विद्यार्थीको सिकाई उपलब्धि हासिल गर्न सामुदायिक विद्यालयलाई स्मार्ट टिभी वितरण सँगै पछिल्लो चरणमा सबै बिद्यार्थीले समय अनुकुल सक्षम बनाउनका लागि बिद्यालयमै प्रबिधि मैत्री सामाग्री बितरण गरेको बताए ।
स्मार्ट टिभी सँगै अन्य सामाग्री पाए पछि जनजाग्रिति बिद्यालयका प्रधानाध्यापक प्रेम सिंह धामीले बालबिकासमा रहेका बालबालिकाले सुनाई र हेराईका कारण बौद्धिक क्षमतामा विकास हुने भएकाले स्मार्ट टिभीले नानीवावुहरुलाई फाईदा पुर्याउने बताएका छन ।
त्यसै गरी नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै उनले बालविकास रहेका विद्यार्थीहरूको पठपाठन गर्न सहजका निम्ति वितरण गरिएकोमा नगरले एकदमै सहार्निय कार्य बताए।