ghar sansar

शोकमा सुर्नया

khasi

महेन्द्रनगर । गौरापर्व शुरु भएकै समयमा बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ शंकरपुर शोकमा डुबेको छ । सुर्नया गाउँपालिका ६ घर भई हाल कञ्चनपुरको शुक्लाफाँटा बस्दै आएका ३० बर्षीय जगदीश अवस्थीको ट्रक दुर्घटना परेर मृत्यु भएपछि गाउँ शोकमा डुबेको हो ।

अवस्थीको निधन भएपछि गाउँमा सन्नटा छाएको सुर्नया ६का स्थानीय विनोदप्रसाद अवस्थीले बताए । चाडपर्वको समयमा भएको घटनाले निकै मर्माहत तुल्याएको उनले बताए । उनले भने ‘चाडपर्वको समयमा भएको दुर्घटनाले गाउँमा निकै नरमाइलो भएको छ । गौराको समयमा गाउँ सुनसान जस्तै भएको छ ।’

dirghayi clinic

गौराको समयमा जुठो परेकाले गाउँमा गौराको रौनक सकिएको अर्का स्थानीय गणेशदत्त अवस्थीले बताए । अप्रिय घटनाले गाउँ शोकमा डुबेको उनले बताए ।

युवा व्यवसायी समेत रहेका जगदीश अवस्थीको निधनले सिंगो गाउँ शोकमा डुबेको छ । दुर्घटनामा ट्रक चालक सुर्नया ६ मूलखटालीकै अम्मर अवस्थी घाइते भएका छन् । उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

सडक दुर्घटनामा परेर गाउँका एक जनाको मृत्यु र एकजना घाइते भएपछि गाउँमा सन्नटा छाएको छ । मृत्यु भएका जगदीशको परिवार अहिले कञ्चनपुरको झलारीमा बस्दै आएपनि पुख्र्यौली थलो शोकमा डुबेको स्थानीय केशवराज अवस्थीले बताए ।

बिहीबार साँझ दोगडाकेदार गाउँपालिका २ कफलकोटमा मिनि ट्रक दुर्घटना हुँदा ट्रक साहु अवस्थीको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र रानाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

Himal dental
सम्बन्धित
Loading...