ghar sansar

चुरे संरक्षण सञ्जालको १६ औं वार्षिक साधारण सभा सम्पन्न

khasi

महेन्द्रनगर । चुरे संरक्षण सञ्जाल नेपाल कञ्चनपुरको १६ औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । बेदकोट नगरपालिकाका उप मेयर तुलसी जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।

ratnam

सञ्जालका अध्यक्ष रबिन्द्र कुँबरको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका १० का वडा अध्यक्ष महेश चन्द, भीनपा ९ का वडा अध्यक्ष गगन कार्की, डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत भिम प्रसाद कँडेल, ,बेदकोट नगरपालिका ७ का वडा सदस्य सुभाष मल्ल ,बेदकोट नगरपालिका ४ वडा सदस्य उमापति भट्ट ,शुक्लाफाँटा मध्यवर्ती वन व्यवस्थापन समिति अध्यक्ष लव विष्ट ,तालका प्रतिनिधि शेर बहादुर चौधरी, एन फेकोफन कञ्चनपुरका अध्यक्ष धर्मानन्द पन्त कार्यक्रममा विशिष्ट अतिथि थिए ।

dirghayi clinic

साधारण सभाबाट ३० लाख बराबरको ०८०÷०८१ खर्च सार्वजनिक गरेर खर्च भेलाबाट पारित खर्च वन संरक्षण ,बेदकोट नगरपालिकासंग साझेदारीमा तटबन्ध निर्माण ,खोला बगरका खाली क्षेत्र तारबार वृक्षरोपण सहित संरक्षण ,पानी मुहान संरक्षण ,विपन्न बस्तीमा आयआर्जनका कार्यक्रम,वन्यजन्तु र मानव द्वन्द्व न्यूनीकरण गर्न मेसवाइर तारबार जडान ईलेक्ट्रोनिक साइरन जडान र सामुदायिक वनको क्षमता वृद्धि गर्न सुशासन, लेखा ब्यवस्थापन ,वन ऐनमा भएका व्यवस्थाको जानकारी सहितका तलिम सञ्चालन गर्ने लगायतका कार्यक्रम पारित गरिएका छन् । सभाले २०८१÷०८२ अनुमानित ३ करोडको वार्षिक बजेट पारित गरेको छ ।

रौटेलास्थित बैजनाथ धाम तथा वृद्धाश्राम समितिको सभा हलमा कार्यक्रम गरिएको छ ।

   

Himal dental
सम्बन्धित
Loading...