ghar sansar

शिल्पी समुदायका पहिलो आचार्य कृष्ण दमाईलाई धनगढी उप महानगरको भव्य सम्मान, नगरपालिकामै जागिर दिइने

khasi

महेन्द्रनगर । धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी उपमहानगरले आचार्य दमाईलाई सम्मान गरेको हो ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आचार्य दमाईलाई सम्मान पत्र र एक लाख ५१ हजार नगदसहित सम्मान गरेका हुन् । आचार्य दमाईलाई बाजागाजा सहित नगर सभा हलमा नगर प्रमुख हमाल र कार्यपालिका सदस्य र कर्मचारीहरूले स्वागत समेत गरेका छन् ।

ratnam
dirghayi clinic

आर्थिक अभाव खेपिरहेका दमाइलाई धनगढी उप महानगरपालिकाले जागीर दिने भएको छ । नगर प्रमुख हमालले दमाइले जागिर पाए जीवनयापन गर्न सहज हुने बताएकाले काम दिने बताएका हुन् ।

नगर प्रमुख हमालले शिल्पी समुदायबाट आचार्य उपाधी हासिल गरेका दमाइलाई आर्थिक समस्या भएको थाहा पाएर सम्मानसहित नगद सहयोग गरिएको बताए ।

उनले आचार्य दमाईले चाहेको बखत धनगढी उपमहानगरपालिकामा जागीर गर्न आउन आग्रह गरेका छन्। भीमदत्त नगरपालिका–३ घर भएका दमाइले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गरेका हुन्। शिल्पी समुदायबाट संस्कृतमा आचार्य पास गर्ने दमाई नेपालकै पहिलो व्यक्ति हुन्।

सम्मान कार्यक्रममा बोल्दै आचार्य दमाइले सनातन धर्मको रक्षाका लागि सबै समुदायले विभेद त्यागेर अगाडि बढ्नुपर्ने बताए। उनले धनगढी उपमहानगरपालिकाले स्थानीय सबैभन्दा पहिले आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सनातन धर्मको रक्षाका लागि काम गर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...