ghar sansar

आजकै दिन सालघारीका १३ वर्षिय सन्नी खुनाले निर्मला पन्तको न्यायिक आन्दोलनमा प्रहरीको गोली लागेर गुमाएका थिए ज्यान

khasi

पार्वती पाल
महेन्द्रनगर ।
बलात्कारपछि हत्या गरिएकी भीमत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको न्यायिक आन्दोलनमा होमिएका एक बालकले ज्यान गुमाएको ६ वर्ष पूरा भएको छ । निर्मलाको न्यायका लागि भन्दै स्थानीयले गरेको आन्दोलनमा होमिएका भीमदत्त नगरपालिका १८ सालघारी भगतपुरका १३ वर्षीय सन्नी खुनाले आजकै दिन ८ भदौमा ज्यान गुमाएका थिए ।

निर्मलाको बलात्कारपछि हत्या भएको करिब महिना दिनमै सन्नीले पनि ज्यान गुमाएका थिए। आन्दोलनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा तोडफोड गर्न सुरु गरेपछि प्रहरीले चलाएको गोली लागेर १३ वर्षीय बालक खुनाले ज्यान गुमाएका थिए ।

dirghayi clinic

४ भदौमा निर्मलाको हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका १९ बागफाँटाका ४६ वर्षीया दिलिप विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन चर्किएको थियो । मानसिक सन्तुलन गुमाएका दिलिप विष्टले निर्मलाको हत्या गर्न नसक्ने भन्दै केही अधिकारकर्मी समुहले आन्दोलन चर्काएका थिए ।

७ असोजमा पनि प्रहरीको गोली लागेर घाइते भएका भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका २४ वर्षीय अर्जुन भण्डारासहित घाइते भएका थिए । भण्डारी अहिलेपनि निको भएका छैनन् ।

प्रहरीले चलाएको गोली लागेर पूर्व पश्चिम महेन्द्रराजमार्ग बसपार्क पुर्व क्षेत्रमा ढलेका सन्नीको खुट्टा, पेटमा गोली लागेको थियो। उपचारका लागि महाकाली अस्पताल लगिएका सन्नीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रर्दशनकारीले खुनाको शवलाई स्टेचरमा प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी गर्दै लगेर विरोध गरेका थिए । सन्नीसँगै गोली लागेर भीमदत्त नगरपालिका १ भाँसीका १६ वर्षीय उमेश देउवा, भीमदत्त नगरपालिका–१८ जानकी टोलका चेतन भट्ट लगायतका घाइते भएका थिए । निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएर ज्यान गुमाएका सन्नीको परिवारमा अझैपनि सन्नटा छाएकै छ ।

Himal dental
सम्बन्धित
Loading...