

महेन्द्रनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कञ्चनपुरको अध्यक्षमा हर्क रावल चयन भएका छन् । संगठनको ११ औं जिल्ला अधिवेशनबाट रावलको अध्यक्षतामा ९ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा माधवी अवस्थी, सचिव उमाशंकर बस्नेत (ओमि बस्नेत), सह–सचिव दिपक रावल र कोषाध्यक्षमा दिपक प्रसाद पन्त चयन भएका छन् ।


