ghar sansar

शान्ति निकेतन स्कुल नजिक खोलिएको डान्सबार बन्द गर्न माग गर्दै भीमदत्तका मेयर बोगटीलाई स्थानीयको दबाव

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ स्थित शान्ति निकेतन माध्यमिक विद्यालय नजिक सञ्चालनमा आएका चाँदनी रेस्टुरेन्ट एण्ड डान्स बार हटाउन स्थानीयले भीमदत्तका मेयर पदम बोगटीलाई दबाव दिएका छन् ।

स्थानीयले विद्यालय, सार्वजनिक ठाउँ, मठ मन्दिर नजिक डान्स बार सञ्चालन गर्न नपाउने नियम विपरित नगरपालिकाबाट अनुमति लिएर सञ्चालन गरिएकाले तत्काल डान्स बार बन्द गराउन मागपत्र बुझाएका हुन् ।

dirghayi clinic

भीमदत्त नगरपालिका ६ नम्बर वडा कार्यालयको सिफारिशमा गत असारमा डान्सबार सञ्चालनका लागि अनुमति दिइएको थियो । विद्यालय नजिक डान्सबार खोलिएपछि स्थानीयले सुरुदेखि विरोध गर्दै आएका छन् ।

डान्सबारे खोलिएको स्थान शान्ति र निकेतन र बाल जागृति कलेजको बीचमा छ । यस अघि नगरपालिकाबाट अनुमति लिएर स्पा सेन्टरहरु खोलिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...