ghar sansar

काठमाडौं टुडीखेमा गौरा विरुद्ध भएको नाराबाजीमा रास्वपा साँसद ढकालको समर्थन, नाराबाजी गर्नेलाई पक्राउ नगर्न गृह मन्त्री लेखकलाई चेतावनी

khasi

महेन्द्रनगर । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्नेहरूको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसद्मा बोलेका छन् । त्यस्तो नाराबाजी गर्नेहरूलाई पक्राउ नगर्न पनि ढकालले गृहमन्त्री रमेश लेखकलाई चेतावनी दिएका छन‍् ।

dirghayi clinic

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा सांसद ढकालले युवाहरूको नाराबाजीलाई अवसर र रोजगारीबाट वञ्चित गरिएको परिणाम भएको बताए ।

ratnam

’गौरापर्वको अवसरमा युवाहरूले विरोध भाषण गरे, यसलाई अराजक शैली अनेक बहाना लगाएर सरकारले त्यो भिडियो फुटेज स्क्रिनिङ गरी युवाहरूलाई हिरासतमा राख्न थालेको रहेछ, यो बिल्कुल गलत भएको छ । विरोधका बोलीहरू त्यो पनि युवाले राखेको राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ,’ ढकालको भनाइ थियो, ’स्वदेशमा अवसरबाट वञ्चित रोजगारीबाट बञ्चित बनाइएका ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइँदैन । ती युवाहरूको तत्काल रिहाको म माग गर्न चाहन्छु ।’

Himal dental
सम्बन्धित
Loading...