

महेन्द्रनगर । नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र निर्माण व्यवसायी संघ कञ्चनपुरको व्यवस्थापनमा निर्माण व्यवसायीहरुका लागि निर्माण व्यवस्थापन तालिम सञ्चालन गरिएको छ ।

संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टको अध्यक्षता र महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाको प्रमुख आतिथ्यमा बुधधबारदेखि दुई दिने तालिम सुरु गरिएको छ ।

कञ्चनपुर निर्माण व्यवसायी सघंका अध्यक्ष भट्टले निर्माणका क्षेत्रमा आउने समस्या समाधानका लागि तालिम आयोजना गरिएको बताए ।
