महेन्द्रनगर । खस मुक्ति मोर्चाले कैलालीको भदौ २० गतेदेखि अत्तरियाबाट आन्दोलन गर्ने तयारी शुरु गरेको छ । अत्तरियामा मुक्ति मोर्चाले घोषणा सभा गर्दै छ । आन्दोलनको अगुवाई गरिरहेका बझाङका निर्मल धामीले २० गते जन प्रदर्सन सहित मोर्चाको घोषणा गरिने बताए ।
उनले खसलाई आर्य समुदायबाट अलग गरिनु पर्ने आफूहरुको माग रहेको बताए । १७ प्रतिशत खस समुदाय को अलग्गै पहिचान रहेकाले आफुहरु को राज्य सयंन्त्रमा उपस्थिति कमजोर हुन नदिन आन्दोलन गर्नु परेको धामीको जिकिर रहेको छ ।
उनले भने,’ खस आर्य भन्दा अलग नै हो । अन्य सबै समुदायले पाएको जति अधिकार पनि हामिले पाएका छैनौं । अब अहिले खस आर्य एउटै हो भनेर खस समुदाय को राज्य सयंन्त्रमा उपस्तिथि नै छैन । त्यसैले यहि कुरालाई स्थापित गर्न हामिले आन्दोलन गर्न परेको हो ।’
खस समुदायले मष्टो धर्म मान्दै आएको छ। धामी कै नेतृत्वमा मोर्चा को कार्यालय पनि अत्तरियामा राखिएको छ ।