

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थालि. तथानिङ्गलाशैनीमाताभगवती सेवा समितिको संयुक्तआयोजनामा संचालनभईरहेको निङ्गलाशैनी योग साधना केन्द्रको प्रथम बार्षिक सभा सम्पन्न भएको छ ।
साधना केन्द्रका संयोजक तथा पंतञ्जली कञ्चनपुरका मिडीया प्रभारी प्रेम सिंह भाटको सभापतित्वमा गरिएको कार्यक्रममा पतञ्जली योग समिति नेपालका केन्द्रिय सदस्य लबराज भट्ट प्रमुख अतिथि थिए ।
कार्यक्रममा पंतञ्जली कञ्चनपुरका अध्यक्ष दायाकृष्ण जोशी, महिला अध्यक्ष कमला पाण्डेय, कोषाध्यक्ष शमशेर चन्द, प्रशिक्षण विभाग प्रमुख केशव राज पन्त विशिष्ट अतिथि थिए । कार्यक्रममा सहभागीले योग र आर्युवेदलाई संगसंगै लैजानु पर्नेमा जोड दिए ।
यसै गरी निङ्गलाशैनी योग साधना केन्द्रको प्रथमबार्षिक सभामाभम्केनीधामकाअध्यक्षशिवराजजोशी, निङ्गलाशैनीभगवति सेवा समितिकाअध्यक्ष करविर सिंह भण्डारी, रामजानकी योग साधना केन्द्रका संयोजकदुर्गा दत्त भट्ट लगायतपचास जनाको सहभागिता रहेको थियो ।


समारोहका प्रमुख अतिथि पतंजलीका केन्द्रिय सदस्य लबराजभट्टले विगत केहीबर्ष देखि कञ्चनपुर जिल्लामा योग गर्ने व्यक्तिहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भईरेको , स्थानिय पालिका तथा वार्ड कार्यालयले पनि योग र आर्युवेदमा बढावा दिईरहेकोले हरेक टोलमा योग कक्षा संचालनका लागि योगमा आवद्ध शिक्षकहरु समुदाय केन्द्रित हुनु पर्ने कुरा बताउदै निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाले सितलचिनीको उत्पादनमा लगेको सराहाना गरे ।
साधना केन्द्रको बार्षिक सभाबाट महेश चन्दको नेतृत्वमा समिति चयन भएको छ । उक्त समितिमा क्रमशः उपाध्यक्ष बिनिता चन्द, सचिव मोहनजोशी, मन्त्री रामबहादुर चन्द, संगठन मन्त्री रामदत्तपन्त, कोषाध्यक्ष भुपेन्द्र सिंह भाट, सदस्यहरुमा महाविर चन्द, शेर बहादुर चन्द, रामदत्त जोशी, धना सिंह, तेजराजनाथ छन् ।

निङ्गलाशैनी योग साधना केन्द्रका संस्थापक प्रेम सिंह भाटले भीमदत्तनगर क्षेत्रमा योग र आर्युवेदको प्रचार प्रसार र उपयोगिता घर घरमा पुर्याउनबार्षिक रुपमाकार्ययोजनानिर्माण गरि कार्यान्वयनगर्न आवश्यकभएकोले टोल विकास समिति र स्थानिय समुदायकाआमा समुह, क्लब, कृषक समुहलगायतविद्यालयव्यवस्थापन समिति, शिक्षकशिक्षिकाको महत्वपूर्ण भुमिका रहेकोले वडा वडा टोल टोलमा योग पुर्याउननिङ्गलाशैनी योग साधना केन्द्र संगै निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थालि. प्रतिवद्ध रहेको कुरा समेत बताए ।
