

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरले आजको नयाँ विकल्प दैनिकका प्रधान सम्पादक माधव सिह धामीलाई सम्मान गरेको छ ।

संघको २७ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा प्रधान सम्पादक धामीलाई लामो समयदेखि पत्रकारितामा सक्रिय भएर पुगाएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश सेठी र निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले धामीलाई सम्मान पत्र प्रदान गरे ।
तीन दशकदेखिदेखि पत्रकारितामा सक्रिय धामी नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष हुन् ।

