ghar sansar

धुमपान निषेधका अभियन्ता समाजसेवी मदन चन्दलाई भोजराज हरिप्रिया राष्ट्रिय समाज सेवा पुरस्कार

khasi

महेन्द्रनगर । कैलाली जनपुस्तकालयले धुमपान निषेधका अभियन्ता समाजसेवी मदन चन्दलाई भोजराज हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार – २०८१ प्रदान गरेको छ । कैललीको धनगढीमा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका ७ हल्दुखालका चन्दलाई तीन दशकदेखि समाज सेवामा पुगाएको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मिया र कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टि.एन जोशीले चन्दलाई दोसल्ला ओढाएर नगद ५ हजार र प्रमाण पत्र प्रदान गरे ।

चन्दले विगत लामो समय देखि सरसफाइ, धूम्रपान, सुर्तिजन्य तथा लागू औषध दुर्व्यसन रोकथामका साथै समाजमा रहेका अनाथ बालबालिका, असहाय वृद्ध वृद्धा, छाडा चौपाया, सड्कमा रहेका कुकुरहरूलाई खानाको साथै औषधी उपचारमा सहयोग गर्दै आएका छन् ।

उनले आफूलाई गरिएको सम्मानले आफूलाई समाज सेवामा लाग्न थप हौसला प्रदान गरेको’ बताए । चन्दले इमान्दारीका साथ गरेको समाजसेवा देखेर ‘विगत तीन वर्षदेखि छाडा चौपाया, सडक कुकुर र असहायहरूको सहयोगार्थ शुभेच्छुकहरूलाई एक कप चिया अभियानका रुपमा (मदन अभियान) लाई समय समयमा सक्दो सहयोग गर्दै आइरहेको चन्दले बताए ।

Himal dental
सम्बन्धित
Loading...