

महेन्द्रनगर । बैतडीको शाहीलेकस्थित बिरेन्द्र माध्यमिक विद्यालयमा कुशे औंशीको अवसरमा छात्रबृत्ति अक्षय कोष स्थापना गरिएको छ ।
दशरथ चन्द नगरपालिका ४ सुकुट्टीका धनीराम लुहारले आफ्ना स्वर्गीय आमा बुवाको स्मृतिमा विद्यालयमा १ लाख ५५ हजार ५ सय ५५ रुपैँयाको अक्षय कोष स्थापना गरेका हुन् ।


यसैबीच पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाले कुशेऔंसीको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
पिता सम्मान दिवस समेत परेकाले विद्यालयको सेवा क्षेत्रभित्र रहेका १४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । उनीहरुलाई विद्यालयमै बोलाएर टीका, फूलमाला र ढाकाटोपी लगाएर सम्मान गरिएको अध्यक्ष भाटले बताए ।
सिद्धेश्वर माविले २०७३ सालदेखि हरेक बर्ष कुशेऔंसीका दिन बुवा र मातातीर्थ औंसीका दिन आमाहरुलाई सम्मान गर्दै आएको छ ।
