महेन्द्रनगर । आचार्य कृष्ण दमाईलाई महेन्द्रनगरमा रहेको नेशनल टेलर्स एण्ड क्लथ कलेक्सनले सम्मान गरेको छ । क्लथ कलेक्सनका संचालक शकर दमाईले आफ्नो समुदायबाट पहिलो आचार्य गर्ने ब्याक्तिलाई हाम्रो समुदायले मात्र होइन राज्यले पाउनु गौरवको विषय भएको भन्दै दोसल्ला सहित सम्मान गरेका हुन् ।
कोटी होमबाट चर्चामा आएका आचार्यले हामी पिछडिएका बर्गको नाम ठाडो पारेको भन्दै अव सबै कर्मकाण्ड उनले गराउने अभियानमा आफु लाग्ने भन्दै सम्मान गरेको क्लथ कलेक्सनका संचालक दमाईले बताए ।
यस अघि उनलाई धनगढी उपमहानगनर, बेलडाँडी गाउँपालिका, विभिन्न संघ संस्था समुदायले उनलाई आर्थिक सहयोग सहित सम्मान गरिरहेका छन् । दलितले वेद पुराण पढ्न हुँदैन भन्ने गलत धारणा चिर्दै दमाईंले नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठ बेलझुन्डी, दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका थिए ।
२०६४ सालमा कञ्चनपुरको वैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि दलित समुदायमाथिको विभेदविरुद्ध संस्कृत विषय अध्ययनमा उनी जुटेका थिए ।