निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै अखिल नेपाल महिला संघले बुझायो गृह मन्त्रीलाई ज्ञापन

महेन्द्रनगर । दोधारा चाँदनी पुगेका गृहमन्त्री रमेश लेखकलाई अखिल नेपाल महिला संघ कञ्चनपुरले निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । संघका जिल्ला अध्यक्ष चिनी गिरीको नेतृत्वमा गृहमन्त्रीलाई लेखकलाई ज्ञापन बुझाएको हो ।

संघले यस अघि निर्मला पन्तको हत्या भएको दिन साउन ७ गते स्थानीय प्रशासन मार्फत गृह मन्त्री लेखकलाई ज्ञापन पठाएको थियो । भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया पन्तको ६ वर्ष अघि २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

janjyoti campus

गृहमन्त्री लेखकलाई बुझाएको ज्ञापन पत्रमा संघले घटनाको सत्यतथ्य छानविन गरि दोषी उपर कारवाहीको माग गर्दै २२ दिन सम्म चलेको आन्दोलनबारे स्मरण गराएको छ ।

संघले ६ वर्षसम्म भएका अनुसन्धानका नाममा पटक पटक छानबिन समिति गठनले न्याय दिन नसकिएको उल्लेख गर्दै हत्या रहस्यको वास्तविकता अझै खुल्न नसकेको चिन्ता व्यक्त गरेको छ ।

‘६ वर्षसम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका परिवारका सदस्यले न्याय पाउने आस गुमाइ सकेका छन्, ‘हत्यामा संग्लन दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले सकिराखेको अवस्था छैन’ ज्ञापन पत्रमा भनिएको छ, ‘निर्मला घटनाको अनुसन्धान अहिले प्रहरीको प्राथमिकतामा परेको देखिदैन, विगतमा ‘केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरेर प्रतिवेदन बुझाउने तर त्यसैमाथी राजनिति गर्ने खालका क्रियाकलाप र दबाबका कारण प्रहरीले दोषी समात्न नसकेको कुरा माननीय गृहमन्त्री ज्युलाई पनि अवगत नै भएको विषय हो ।’

निर्मला हत्याका विषयमा प्रहरीले अहिलेसम्म एक हजार भन्दा बढीसँग सोधपुछ र झण्डै एक सय जनाको डिएनए परीक्षण गरिसकेको छ ।

‘संलग्न दोषीहरुलाई पत्ता लगाई कार्वाही गर्न नसक्नु राज्यको कमजोरी हो भन्नेमा कुनै दुई मत नरहेको कुरा जागजाहेर नै छ’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

संघले गृहमन्त्रीको गृह जिल्लाको घट्ना भएकाले निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारवाही हुने अपेक्षा गरिएको छ ।

‘विगतमा यहाँले “निर्मला पन्तको हत्यारा सरकारले नै लुकाएको र आफुले जिम्मेवारी बहन गरेको २४ घण्टा भित्र निर्मला पन्तको हत्यारा पत्ता लगाउने छु, भनि विभिन्न सञ्चार माध्यम तथा कार्यक्रमहरुमा व्यक्त गर्नु भएका अभिव्यक्तिबाट पनि घटनामा संलग्नलाई पत्ता लगाई कारवाही गर्न कुनै हालतमा पनि ढिलाई हुनेछैन भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नै निर्वाचन क्षेत्र र आफ्नै जिल्लाको यति गम्भीर खालको विषयलाई नजर अन्दाज गरि घटनामा संलग्नलाई पत्ता लगाइ न्यायालयको कठघरामा उभ्याउने कुरामा आनाकानी गरिएको खण्डमा हाम्रो संगठन अखिल नेपाल महिला संघ सशक्त आन्दोलन गर्ने कुराको जानकारी गराउदै माननीय गृहमन्त्रीज्यू समक्ष यो ज्ञापन पत्र पेश गर्दछौं ।’

 

ghar sansar
सम्बन्धित
Loading...