महेन्द्रनगर । भीमदत्त नगर सहकारी सञ्जालले सहकारी संस्थाका समस्या समाधानका लागि गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ ।
गृह जिल्ला आएका मन्त्री लेखकलाई बिहीबार विहान होटेल ओपेरामा सात बुँदे माग बुझाएको हो । नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलले मन्त्री लेखकलाई ज्ञापन हस्तान्तरण गरे ।