

महेन्द्रनगर । इलाका प्रहरी कार्यालय बेलौरीले एक लाख बढीको अबैध सामग्री बरामद गरेको छ ।

ईप्रका बेलौरीबाट खटिएको गस्ती टोलीले बेलौरी नगरपालिका ६ बैशाखा पुलबाट १ लाख दुई हजार छ सय पचास मूल्य बराबरको अबैध सामग्री वेवारिशे अवस्थामा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले जनाए ।
उनका अनुसार अबैध तथा प्रतिबन्धित पदार्थ – ५० पाकेट सुर्ती, २८ पेटी ड्यु, ३० पाकेट सिस्टम र १ सय ३५ पाकेट बिडी बरामद गरि नष्ट गरिएको हो ।
आइतबार बिहान बेलौरी उद्योग वाणिज्य संघ कञ्चनपुर, स्थानीय पत्रकार र सरोकारवालाहरुको रहोबरमा नष्ट गरिएको थियो ।
