ghar sansar

सीएमए संघको २१ औं स्थापना दिवसमा रक्तदान कार्यक्रम

khasi

महेन्द्रनगर । नेपाल सीएम संघ कञ्चनपुरले संघको २१ र्औ स्थापना दिवसको अवसर पारी महाकाली प्रादेशिक अस्पतालमा शुभकामना आदान प्रदान र रक्तदान कार्यक्रम गरेको छ ।

रक्तदान जीवनको मूलमन्त्र भन्ने नारा सहित गरिएको कार्यक्रममा चिकित्स्क, स्वास्थ्यकर्मी लगायत सरोकारावाला सहभागी भएका छन् ।

dirghayi clinic

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट, नेपाल औषधि व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष गजेन्द्र लेखक, अस्पतालका डा. गिरीश अवस्थी, यज्ञराज भट्ट, संघका केन्द्रीय सदस्य सुरेश धामी,राष्ट्रिय स्वास्थ्य महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष प्रितिधर भण्डारी विशिष्ठ अतिथि थिए ।

सीएम संघ कञ्चनपुरका अध्यक्ष तिलक प्रसाद जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...