ghar sansar

जीप दुर्घटनामा किशोरीको मृत्यु, चार जना घाइते

khasi

महेन्द्रनगर । बैतडीमा जिप दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । सुर्नया गाउपालिका–८ की १८ वर्षीया सविना महराको मृत्यु भएको हो ।

dirghayi clinic

सुर्नया गाउँपालिका–८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको जिप दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गम्भीर घाइते भएकी सविनालाई थप उपचारको लागि धनगढी लगिएको थियो । उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। जिप दुर्घटनामा घाइते अन्य चार जना उपचारपछि घर फर्किएका छन् ।

ratnam

चालक समेत रहेका सुर्नया गाउँपालिका–७ का लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, ४५ वर्षीय मान बहादुर महरा र ४० वर्षीय धन बहादुर महराको डडेल्धुरामा उपचारपछि घर फर्किएका हुन् । कच्ची सडकमा दुर्घटना भएको जिप सडकबाट २० मिटर तल खसेको थियो ।

Himal dental
सम्बन्धित
Loading...